ममता काफ्ले प्रकरण : के गर्दैछ प्रहरी ?

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्ले सम्पर्कविहीन भएको दुई महिना बितिसकेको छ । उनी गत साउन १६ गते बेपत्ता भएको बताइएको छ । यस प्रकरणमा उनका श्रीमान् नरेश भट्ट हिरासतमा छन् । उनीमाथि काफ्लेको शरीर लुकाएको अभियोग छ । प्रहरीले अहिले पनि ममताको खोजी तीव्र पारिहेको छ । एबीसी न्युजकाअनुसार अक्टोबर ९ मा […]

Oct 16, 2024 - 07:35
 0
ममता काफ्ले प्रकरण : के गर्दैछ प्रहरी ?

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्ले सम्पर्कविहीन भएको दुई महिना बितिसकेको छ । उनी गत साउन १६ गते बेपत्ता भएको बताइएको छ ।

यस प्रकरणमा उनका श्रीमान् नरेश भट्ट हिरासतमा छन् । उनीमाथि काफ्लेको शरीर लुकाएको अभियोग छ ।

प्रहरीले अहिले पनि ममताको खोजी तीव्र पारिहेको छ । एबीसी न्युजकाअनुसार अक्टोबर ९ मा प्रहरीको टोलीले नर्थ स्टार बुलेभार्ड र टाल सिडर पार्कवे नजिकै रुट ५० क्षेत्रमा खोजी गरेको छ । तर, प्रहरीले केही भेटेन ।

प्रहरीले उत्तरी भर्जिनिया क्षेत्रमा करिब १० क्षेत्रमा खोजी गरेको छ ।

प्रिन्स विलियम काउन्टी र मनासस पार्क पुलिस सक्रिय रूपमा ममताको ठेगानामा पुग्न सक्ने सुरागहरू खोजिरहेका छन् । यसअघि प्रहरीले प्रमाण फेला पार्ने आशामा नजिकैका पार्क र अन्य क्षेत्रमा खोजी गर्थे ।

यसअघि भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको थियो । काटेर पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको थियो ।

मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधिसम्मको विवरण खोज्दै छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्छ ।

ममतालाई नरेशले नै हत्या गरेको प्रमाण अदालतमा पेस, १२ वटा पोका बनाएर फालेका थिए शव

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register