साफ महिला च्याम्पियनसिप फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको अग्रिम टिकट बिक्री स्थगित गरेको छ । एन्फाले सोमबार एक सूचना जारी गर्दे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको जनाएको हो । यसअघि आइतबार नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै […]

Oct 28, 2024 - 14:49
 0
साफ महिला च्याम्पियनसिप फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको अग्रिम टिकट बिक्री स्थगित गरेको छ । एन्फाले सोमबार एक सूचना जारी गर्दे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको जनाएको हो ।

यसअघि आइतबार नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङ बिक्रीको अधिकार दिएको थियो । एन्फाले यसलाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने पनि सूचनामा जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register