पूर्वी लद्दाखबाट पछि हट्न थाले भारत र चीनका सेना

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट र शेड हटाउन थालेका छन् । सेनाले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन् । यो प्रक्रिया पूरा भएपछि दुवै […]

Oct 25, 2024 - 08:13
 0
पूर्वी लद्दाखबाट पछि हट्न थाले भारत र चीनका सेना

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट र शेड हटाउन थालेका छन् । सेनाले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन् ।

यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक र देप्साङमा गस्ती गर्न सक्नेछन् । यो गस्ती १० दिन पछि सुरु हुनसक्छ । यसमा २ शर्तहरू छन् । पहिलो– यी क्षेत्रमा दुवै देशका सेनाले फरक–फरक दिन गस्ती गर्नेछन् । दोस्रो, गस्ती गर्दा एकअर्कालाई पहिल्यै जानकारी दिनुपर्ने ।

सन् २०२० मा भारत र चीनबीच भएको गलवान झडपपछि डेमचोक र देप्साङमा तनावको अवस्था सिर्जना भएको थियो । भारत र चीनबीच अक्टोबर २१ मा नयाँ गस्ती सम्झौता भएको थियो ।

गस्ती कहाँ हुनेछ ?

देप्साङ : भारतीय सेनाका अनुसार अब सैनिक गस्तीका लागि देप्साङको १०, ११, ११-ए, १२ र १३ गस्ती बिन्दुमा जान पाउने भएका छन् ।

डेमचोक : गस्ती केन्द्र-१४ अर्थात् गलवान उपत्यका, गोगरा-हट स्प्रिङ्स अर्थात् पीपी-१५ र पीपी-१७ मध्यवर्ती क्षेत्रहरू हुन् । प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै यहाँ गस्ती गर्नेबारे पछि विचार गरिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register