मीनबहादुर गुरुङबाट एमालेलाई प्राप्त जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट सत्तारूढ दल नेकपा (एमाले) लाई प्राप्त जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका हुन् । यसमा अदालतले दरपीठ गरेको थियो । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार मंगलबार तीलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको छ । अधिवक्ता […]

Oct 23, 2024 - 05:01
 0
मीनबहादुर गुरुङबाट एमालेलाई प्राप्त जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट सत्तारूढ दल नेकपा (एमाले) लाई प्राप्त जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका हुन् । यसमा अदालतले दरपीठ गरेको थियो । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार मंगलबार तीलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको छ ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गर्दै रिट दिएको सर्वोच्चका एक कर्मचारीले बताए ।

गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउन कीर्तिपुरको मैत्रीनगर २ मा १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । यसका साथै कार्यालयसमेत आफैँले बनाइदिने घोषणा गुरुङको छ । गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङले संयुक्त रूपमा कार्यालयको शिलान्याससमेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register