२५ लाखको चाँदीसहित २ जना पक्राउ

हेटौँडा।  बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका मोटरसाइकलहरु चेक गर्दा प्रहरीले करिब १४ किलो अवैध चाँदी बरामद गरेको छ । मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाइ लुकाइएको अवस्थामा करिब २५ लाख ४ हजार ९ सय ५० रुपियाँ बराबरको चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका व्यक्तिहरुमा ना. ५२ प २५८४ […]

Oct 25, 2024 - 08:42
 0
२५ लाखको चाँदीसहित २ जना पक्राउ

हेटौँडा। 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका मोटरसाइकलहरु चेक गर्दा प्रहरीले करिब १४ किलो अवैध चाँदी बरामद गरेको छ ।

मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाइ लुकाइएको अवस्थामा करिब २५ लाख ४ हजार ९ सय ५० रुपियाँ बराबरको चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्तिहरुमा ना. ५२ प २५८४ नम्बर पल्सर मोटरसाइकलचालक बाराको प्रसौनी गाउँपालिका वडा–६, प्रष्टोका बस्ने वर्ष ३३ का सन्तोष साहसोनारको साथबाट १६ लाख १० हजार ३ सय २५ रुपियाँ बराबरका ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बर पल्सर चालक जीतपुर सिमरा उमनपा वडा–८, गमरगावाटोल बस्ने वर्ष २७ का सुरेश महतोको साथबाट ८ लाख ९४ हजार ६ सय २५ रुपियाँ बराबरको ५ किलो चाँदी बरामद भएको हो ।

ती विभिन्न किसिमका गरगहनाका रुपमा बरामद गरिएका हुन् । शुक्रबार बिहान करिब ८ बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रवनानि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले चाँदी बरामद गरेको बाराका नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register