माइतीघरमा रास्वपाको विरोध प्रदर्शन (तस्वीरहरू)

लामिछाने गत कात्तिक २ गते काठमाडौं पक्राउ परेका हुन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । बिहीबार मात्रै जिल्ला अदालत, कास्कीले थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Oct 25, 2024 - 09:25
 0
माइतीघरमा रास्वपाको विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सहकारी ठगीसम्बन्धी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।

यसअघि पोखराका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबारदेखि यहाँ थालेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ‘वास्तविक सहरकारी गठलाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘विधिको शासन कायम गर’, ‘अधिनायकवाद चल्दैन’, ‘दुईतिहाइको पाराले-दु:ख पाए साराले’लगायतका नाराबाजी गरेका छन् ।

रास्वपाले सभापति लामिछाने पक्राउलाई ‘सरकारले प्रतिशोध साँधेको’ रूपमा व्याख्या गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौं पक्राउ परेका हुन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । बिहीबार मात्रै जिल्ला अदालत, कास्कीले थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register