सूर्यदर्शन सहकारी प्रकरण : गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो । तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका खनाललाई शुक्रबार काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । खनाल गोरखा ग्रुप अफ […]

Oct 25, 2024 - 11:49
 0
सूर्यदर्शन सहकारी प्रकरण : गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका खनाललाई शुक्रबार काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी पनि हुन् । सहकारीको रकम नेचर हर्ब्समा ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धानका लागि कास्की पठाइएको सीआईबीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register