तीन वटा फरक-फरक बिधामा बुद्धिचाल प्रतियोगिता

कन्चनपुर । काठमाडौं स्पोर्ट्स एकेडेमी र राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो राष्ट्रव्यापी नेकोस फिडे रेटिङ बुद्दिचाल प्रतियोगिता, दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनशिप तथा प्रथम राष्ट्रिय रेपिड चेस च्याम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ । असोज ३ देखि ७ गतेसम्म सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, वेदकोट नगरपालिका वडा न ८ बैजनाथ माविमा सम्पन्न प्रतियोगिता तीन वटा […]

Oct 25, 2024 - 17:30
 0
तीन वटा फरक-फरक बिधामा बुद्धिचाल प्रतियोगिता

कन्चनपुर ।

काठमाडौं स्पोर्ट्स एकेडेमी र राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो राष्ट्रव्यापी नेकोस फिडे रेटिङ बुद्दिचाल प्रतियोगिता, दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनशिप तथा प्रथम राष्ट्रिय रेपिड चेस च्याम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ ।

असोज ३ देखि ७ गतेसम्म सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, वेदकोट नगरपालिका वडा न ८ बैजनाथ माविमा सम्पन्न प्रतियोगिता तीन वटा फरक–फरक बिधामा भएको हो । प्रतियोगिताको नेकोस क्लासिकल खेल तर्फ ६९ जना खेलाडी सहभागी थिए भने रेपिड तर्फ ६४ जना र ब्लिट्ज तर्फ ४९ सहभागी रहेको नेपाल बुद्धिचाल संघ नेपालका पूर्व केन्द्रीय सदस्य प्रविणबहादुर भँडेलले जानकारी दिए ।

प्रतियोगितामा नेकोस क्लासिकल तर्फ फिडे मास्टर क्षितिज भण्डारी प्रथम, फिडे मास्टर तथा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवाल द्वितीय एवम् स्थानिय पुराना खेलाडी दीर्घ राज जोशी तृतीय हुन भए । यसै गरी रेपिड तर्फ पुर्व नेपाल च्याम्पियन भेट्रान खेलाडी क्याण्डिडेट मास्टर नवीन तण्डुकार प्रथम भऐ । क्याण्डिडेट मास्टर सुश्रुत दाहाल द्वितीय तथा फिडे मास्टर क्षितिज भण्डारी तृतीय भएको उनको भनाई छ । साथै नेपाल बुद्दिचाल महासंघको अफिसियल च्याम्पियनशीप, नेशनल ब्लिट्ज च्याम्पियनशीप तर्फ दोलखाका खेलाडी आशिष फुयाल प्रथम काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी द्वितीय तथा युवा खेलाडी पुरुषोत्तम सिलवाल तृतीय रहे ।

महिला तर्फ प्रथम राष्ट्रिय ब्लिट्ज च्याम्पियन स्थानिय युवा खेलाडी ईशा गिरी बन्न सफल हुनु भयो भन्ने, सिन्दिरा जोशी द्वितीय तथा पूजा भण्डारी तेस्रो हुनु संगै रेपिड तर्फको महिला च्याम्पियन कास्कीका पूजा भण्डारी हुन सफल भए । ईशा गिरी दोस्रो र सिन्दिरा जोशी तेस्रो भएका छन् । खेल उद्दघाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्षले गरेका थिए । सातै वटै प्रदेशका बुद्दिचाल खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगितालाई तीन वटा फरक–फरक बिधामा सम्पन्न भयो । सो प्रतियोगिताको उदघाटन वडाका अध्यक्ष एवम् सहआयोजक महेश राज जोशीको अध्यक्षतामा भव्य समारोह बीच उदघाटन भएको थियो ।

खेल उद्घाटन समारोहमा पूर्व संघीय मामिला मन्त्री भानुभक्त जोशी, पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवर, नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य एन. पी. साउद, संविधान सभा सदस्य हर्क बहादुर सिंह, सुदुरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घ राज सोडारी, नेकपा एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश सभाका पूर्व उपसभामुख भोजराज जोशी, सुदुरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्का तथा यसै प्रदेशका पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीहरु चुन कुमारी चौधरी र सुशीला बुढाथोकी, सहआयोजक बेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहरा, पुनर्वास नगरपालिकाका पूर्व मेयर जीवन थापा, नेपाल खेलकुद महासंघ समाजवादी तथा नेपाल भलिबल संघका उपाध्यक्ष हरक सिंह धामी, बेदकोट नगरकै उपप्रमुख तुल्सी जोशी लगायतलाई ५०० स्थानियहरुको उपस्थितिले स्वागत गरेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष माननीय भानुभक्त जोशीले गरे । प्रतियोगितामा तेस्रो नेकोस क्लासिकल तर्फ फिडे मास्टर क्षितिज भण्डारी प्रथम, फिडे मास्टर तथा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवाल द्वितीय एवम् स्थानिय पुराना खेलाडी दीर्घ राज जोशी तृतीय हुन सफल हुनु भयो । यसै गरी रेपिड तर्फ पुर्व नेपाल च्याम्पियन भेट्रान खेलाडी क्याण्डिडेट मास्टर नवीन तण्डुकार प्रथम हुनु भयो भने क्याण्डिडेट मास्टर सुश्रुत दाहाल द्वितीय तथा फिडे मास्टर क्षितिज भण्डारी तृतीय रहे ।

साथै नेपाल बुद्दिचाल महासंघको अफिसियल च्याम्पियनशीप, नेशनल ब्लिट्ज च्याम्पियनशीप तर्फ दोलखाका खेलाडी आशिष फुयाल प्रथम काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी द्वितीय तथा युवा खेलाडी पुरुषोत्तम सिलवाल तृतीय रहे । महिला तर्फ प्रथम राष्ट्रिय ब्लिट्ज च्याम्पियन स्थानिय युवा खेलाडी ईशा गिरी बने । सिन्दिरा जोशी द्वितीय तथा पूजा भण्डारी तेस्रो हुनु भए । यसै गरी रेपिड तर्फको महिला च्याम्पियन कास्कीका पूजा भण्डारी भइन भने ईशा गिरी दोस्रो र सिन्दिरा जोशी तेस्रो भएका छन् ।

प्रतियोगितामा करिब २३ लाख खर्च काठमाडौं स्पोर्ट्स एकेडेमी तथा राष्ट्रिय बुद्धिचाल संघ नेपालका अध्यक्ष नारायण दास गमालको संयोजकत्वमा भएको यस प्रतियोगिताको पुरस्कार वितरणमा नेकोस (नेकोस) तर्फ ६०,००० प्रथम पुरस्कार सहित २५ जनालाई २,५५,०००, रेपिड तर्फ ३०,००० प्रथम पुरस्कार सहित १,३१,५०० र व्लिट्ज तर्फ २५,००० प्रथम पुरस्कार सहित ८३,५०० गरी कुल ४,७०,००० (चार लाख सत्तरी हजार) पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको अनुमानित कुल लागत २३ लाख खर्च भएको आयोजकले जनाएको छ । स्थानिय युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखिएको यस बुद्धिचाल खेलले व्यावसायिक पक्ष सँगै विकेन्द्रीकृत आयोजना र सहभागितालाई जोड दिँदै सम्वृद्ध समाज निर्माणमा भूमिका हुने संयोजक गमालले बताए । सबै खेल फिडे स्वीस सिस्टमको ९ राउण्डमा आधारित रहेर सञ्चालन भएको यो खेल अर्को वर्ष यसै ठाउँमा अझ भव्यताकासाथ आयोजना हुने बताउँदै सहआयोजक महेशराज जोशीले अहिले देखि नै तयारी थालिने जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register