हरित उत्थान कार्यशाला सम्पन्न, पत्रकारको भूमिका महत्वपूर्ण

झापा, १० कात्तिक । आर्थिक पत्रकार समाज (सेजन) को आयोजना शुक्रबारदेखि धनुषाको लालगढमा शुरु भएको दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ । हरित, उत्थानशील र समोवशी विकास (ग्रीड) विषयक कार्यशालामा मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी थिए । ग्रीडको विषयमा सञ्चारकर्मीलाई प्रशिक्षित गराएर सोको क्षेत्रमा कलम चलाउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको सेजन [...] The post हरित उत्थान कार्यशाला सम्पन्न, पत्रकारको भूमिका महत्वपूर्ण appeared first on Jhapa Online.

Oct 26, 2024 - 06:14
 0
हरित उत्थान कार्यशाला सम्पन्न, पत्रकारको भूमिका महत्वपूर्ण

झापा, १० कात्तिक । आर्थिक पत्रकार समाज (सेजन) को आयोजना शुक्रबारदेखि धनुषाको लालगढमा शुरु भएको दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ ।

हरित, उत्थानशील र समोवशी विकास (ग्रीड) विषयक कार्यशालामा मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी थिए । ग्रीडको विषयमा सञ्चारकर्मीलाई प्रशिक्षित गराएर सोको क्षेत्रमा कलम चलाउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको सेजन अध्यक्ष सुजन ओलीले जानकारी दिनुभयो ।

कार्यशालामा ग्रीडको अवधारणा र रणनीतिक योजनाका बारेमा मुख्य कर अधिकृति मुक्तिराम आचार्यले प्रष्ट पार्नुभएको थियो । उहाँले ग्रीडका १० वटा रणनीति कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । सरकारले रणनीतिक कार्ययोजना २०२४–२०३४ तयार भइएर छलफल भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै, पत्रकारिताको माध्यमकबाट ग्रीडको रिपोर्टिङ कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षक रुद्र खड्काले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । विकासको शैली, जलवायु परिवर्तन, सामाजिक परिवेश, समता र समानता, विकास र अर्थतन्त्र सञ्चारमाध्यमको मुद्दा भएको बताउँदै उहाँले त्यसको क्षेत्रमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । “यस्ता विषयलाई सञ्चारमाध्यले उठाउनु पर्छ”, उहाँले भन्नुभयो, “त्यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ ।”

कार्यशालामा पाँच भागमा विभाजित समूहले दिगो र उत्थानशील सडक र यातायात, नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यताको प्रचुर मात्रामा उपयोग, हरित उत्थानशील र समावेशी शहरहरु, वायु गुणस्तर सुधार र प्लाष्टिकसहित ठोस फोहोरमैलाको दिगो व्यवस्थापन विषयमा सहभागीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

मुख्य कर अधिकृत मुक्तिराम आचार्य र प्रशिक्षक रुद्र खड्काले ती प्रस्तुतीको मूल्यांकन गर्नु भएको थियो । सबै प्रस्तुतीकरण उत्कृष्ट भए तापनि समूह सी प्रथम भएको निर्णाकय समितिले घोषणा गर्दै पुरस्कृत गरेको छ ।

कार्यशालाको समापन समारोहमा प्रशिक्षार्थी झापाका राजन साम्पाङले तालिम उपयोगी भएको बताउनुभयो । आगामी दिनमा समेत यस प्रकारका तालिम आयोजना आग्रह गर्नुभयो । कार्यशालामा सहभागीलेहरुले तालिम धेरै उपयोगी भएको प्रतिक्रया दिँदै ग्रीडमा आधारित सञ्चारकर्म गर्न मार्गप्रशस्त भएको बताएका छन् ।

सेजनका महासचिव विश्वास रेग्मीले ग्रीड नयाँ विषय नभएको बताउनुभयो । उहाँले यी विषयहरु पहिला पनि उठान भइरहेको र थप टड्कारो रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

The post हरित उत्थान कार्यशाला सम्पन्न, पत्रकारको भूमिका महत्वपूर्ण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register