विश्वकप लिग-२ : स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हरायो

काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले विजय सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा उसले अमेरिकामाथि १० विकेटको जित निकाल्यो । अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्यान्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो । स्कटल्यान्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन […]

Oct 26, 2024 - 06:13
 0
विश्वकप लिग-२ : स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हरायो

काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले विजय सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा उसले अमेरिकामाथि १० विकेटको जित निकाल्यो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्यान्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो । स्कटल्यान्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा अल आउट हुँदै १४४ रन बनाएको थियो । अमेरिकाका लागि शाड्ली भान शाल्कवीकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

स्कटल्याण्डका ब्राड कुरीले ४ विकेट, ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए ।

यो जितपछि स्कटल्यान्ड लिग २ मा ८ खेलबाट ११ अङ्कसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको अमेरिका १२ अङ्कसहित दोस्रो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register