सरकार भ्रष्टाचारी बचाउन बनेको पुष्टि भयो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार असफल भएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘मैले यो सरकार बन्ने बेलामा हाम्रो पार्टीलाई कुनै चिन्ता छैन भनेको थिएँ, तर यो सरकार सुशासनकाविरुद्ध बन्यो, भ्रष्टाचारी बचाउन बन्यो, आफ्ना पार्टीका नेता जोगाउन भन्ने चिन्ता […]

Oct 26, 2024 - 10:43
 0
सरकार भ्रष्टाचारी बचाउन बनेको पुष्टि भयो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार असफल भएको बताएका छन् ।

शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘मैले यो सरकार बन्ने बेलामा हाम्रो पार्टीलाई कुनै चिन्ता छैन भनेको थिएँ, तर यो सरकार सुशासनकाविरुद्ध बन्यो, भ्रष्टाचारी बचाउन बन्यो, आफ्ना पार्टीका नेता जोगाउन भन्ने चिन्ता थियो । जुन सरकारको १०० दिन पूरा हुनुअघि पुष्टि भयो । यो सरकार पूर्णरुपमा असफल भएको छ ।’

आफूहरु सरकार ढाल्नेतर्फ नरहेको उनले बताए । सरकार आफैँ कुहिएर झर्ने प्रचण्डको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register