इजरायली हमलामा दुई सैनिक मारिएपछि इरानले के भन्यो ?

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ । बीबीसीले इरानको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको उल्लेख गरेको छ । सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र […]

Oct 26, 2024 - 14:25
 0
इजरायली हमलामा दुई सैनिक मारिएपछि इरानले के भन्यो ?

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ ।

बीबीसीले इरानको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको उल्लेख गरेको छ ।

सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ। आपराधिक यहुदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिकले बलिदानी दिएका छन् ।’

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गरेको छ । इजरायलको यो हमलालाई उसले अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ पनि भनेको छ।

इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भनेको छ, ‘इरानको इस्लामिक गणतन्त्रलाई यस विदेशी आक्रमणको विरूद्ध आफ्नो रक्षा गर्ने अधिकार छ।’

यसैबीच इरान समर्थित सशस्त्र समूह हमासले इजरायलको यो आक्रमणको निन्दा गरेको छ । हमासले इरानी सैनालाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको हो ।

आफ्नो विज्ञप्तिमा हमासले भनेको छ, ‘यी आक्रमणहरू इरानको सार्वभौमसत्ताको घोर उल्लङ्घन हुन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register