इरानमा चरमपन्थी समूहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ। इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन्। तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ। इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ। इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई […]

Oct 27, 2024 - 04:54
 0
इरानमा चरमपन्थी समूहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं ।

इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ। इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन्। तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ। इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ‘आतंकवादी’ हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्तिमा यसको पुष्टि गर्‍यो र भन्यो, ‘तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएका छन्।’ जब यो हमला भएको थियो, प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका थिए।

जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र भन्यो, ‘तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो।’ जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो। यो संगठन इरानी सरकारको विरोध गर्दछ। यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भनिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register