आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौं । आईएसएफ जिम्नासाइडको टेबलटेनिसअन्तर्गत महिला टिम इभेन्टमा नेपालले साउदी अरेबियालाई हराएको छ । बहराइनको मानामाको नेशनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’मा ९ देखि १३औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो । जितसँगै नेपालले सोमबार ९ देखि ११औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । यो खेल जितेमा […]

Oct 27, 2024 - 06:13
 0
आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौं । आईएसएफ जिम्नासाइडको टेबलटेनिसअन्तर्गत महिला टिम इभेन्टमा नेपालले साउदी अरेबियालाई हराएको छ ।

बहराइनको मानामाको नेशनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’मा ९ देखि १३औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो ।

जितसँगै नेपालले सोमबार ९ देखि ११औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११औं स्थानमा रहनेछ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरबैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो ।

नेपाल इङल्यान्डसँग ४–३, अजरबैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register