श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारत प्रतिद्वन्दी

काठमाडौं । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बनेको छ । बिहीबार दशरथ रंगशालामा श्रीलंकाविरुद्ध प्रभावशाली जित हासिल गरेर नेपाल समुह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई जित र १ बराबरी गरेको नेपाल ७ अंक बटुलेर गोल अन्तरका आधारमा समुह बीमा पहिलो बन्यो । […]

Oct 24, 2024 - 15:31
 0
श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारत प्रतिद्वन्दी

काठमाडौं । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बनेको छ ।

बिहीबार दशरथ रंगशालामा श्रीलंकाविरुद्ध प्रभावशाली जित हासिल गरेर नेपाल समुह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई जित र १ बराबरी गरेको नेपाल ७ अंक बटुलेर गोल अन्तरका आधारमा समुह बीमा पहिलो बन्यो ।

यो समूहबाट समान अंक भएको भुटान गोल अन्तरका आधारमा दोस्रो भयो । नेपाल र भुटान दुबैले १७ गोल गरेका थिए । तर, नेपालले कुनै गोल खाएको थिएन भने भुटानले एक गोल खाएको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

आजको खेलमा नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर, अस्मिता कार्की र रश्मी घिसिङले १/१ गोल गरे ।

नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल गर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register