नेपाली सेनाका सिपाही पेस्तोलसहित पक्राउ

काठमाडौं । रानीवनबाट नेपाली सेनाका एक सिपाही पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले शनिबार नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट एक सिपाहीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन् । उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरी टोलीले पक्राउ […]

Oct 27, 2024 - 06:25
 0
नेपाली सेनाका सिपाही पेस्तोलसहित पक्राउ

काठमाडौं । रानीवनबाट नेपाली सेनाका एक सिपाही पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले शनिबार नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट एक सिपाहीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन् ।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट यूएसए लेखिएको पेस्तोल बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register