कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड’ बाट सम्मानित हुने

काठमाडौँ । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अनतरगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित हुने भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२-२३ को वार्षिक प्रतिवेदनका […]

Oct 27, 2024 - 07:43
 0
कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड’ बाट सम्मानित हुने

काठमाडौँ । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अनतरगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित हुने भएको हो ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२-२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले ११ नोभेम्बर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इनटरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघारवटा दक्षिण एसियाली क्षेत्रका चार्टड एकाउन्टेन्ट निकायहरू समावेश छन् ।

त्यस्तै, साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरू प्रदान गर्दै आइरहेको छ । बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register