सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तीन महिनामा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार साउन महिनामा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको […]

Oct 21, 2024 - 06:55
 0
सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तीन महिनामा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

सीडीएससीका अनुसार साउन महिनामा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको छ । साउनमा ४  र्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

त्यस्तै, भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।

भदौ महिनाको तुलनामामा असोजको पूँजीगत लाभकर ७७ प्रतिशतले कम हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register