बच्चाको लागि पटाकाको धुवाँ बन्नसक्छ अन्धोपनको कारण !

एजेन्सी । पटाका पड्काउन धेरैलाई मनपर्छ होला । विशेषगरी तिहारमा परिवार, साथीभाइ मिलेर पटाका पड्काउने र खुसीयाली साट्ने चलन छ । बच्चाहरू पनि पटाका पड्काउने, रमाइलो गर्ने गर्छन् । तर, ख्याल गर्नुहोस् यो क्षणभरको खुसीले जीवनभरलाई दु:ख पनि दिन सक्छ । तपाईंलाई थाहा नै छ कि पटाकाले वायु प्रदूषणलाई अझ बढाउँछ, जसको कारण स्वास्थ्यमा निकै […]

Oct 27, 2024 - 07:55
 0
बच्चाको लागि पटाकाको धुवाँ बन्नसक्छ अन्धोपनको कारण !

एजेन्सी । पटाका पड्काउन धेरैलाई मनपर्छ होला । विशेषगरी तिहारमा परिवार, साथीभाइ मिलेर पटाका पड्काउने र खुसीयाली साट्ने चलन छ । बच्चाहरू पनि पटाका पड्काउने, रमाइलो गर्ने गर्छन् । तर, ख्याल गर्नुहोस् यो क्षणभरको खुसीले जीवनभरलाई दु:ख पनि दिन सक्छ ।

तपाईंलाई थाहा नै छ कि पटाकाले वायु प्रदूषणलाई अझ बढाउँछ, जसको कारण स्वास्थ्यमा निकै नोक्सान हुनसक्छ । पटाकाबाट निस्कने धुवाँ विशेष गरी बच्चाहरूको आँखाको लागि घातक साबित हुन सक्छ । आउनुहोस् यस बारेमा जानौँ –

पटाकाका नोक्सान

पटाकाबाट हुने प्रदूषण बच्चाहरूको आँखाको लागि गम्भीर खतरा बन्न सक्छ । पटाकाबाट निस्कने धुवाँले धेरै हानिकारक रसायनहरू छोड्छ, जसले बच्चाहरूको आँखामा पोल्न सक्छ, दुखाइको कारण बन्न सक्छ र निकै नोक्सान पनि पुर्‍याउन सक्छ ।

जब बच्चाहरू यो धुवाँको सम्पर्कमा आउँछन्, साना–साना कणहरू उनीहरूको आँखामा जान सक्छ, जसले गर्दा रातोपन, चिलाउने र आँखामा संक्रमण हुने खतरा बढ्छ ।

बच्चाहरूको आँखा यी प्रभावहरूप्रति बढी संवेदनशील हुन्छ, किनभने उनीहरूको प्रतिरोधात्मक क्षमता विकसित हुने क्रममा नै हुन्छ । पटाकाको धुवाँमा पाइने हानिकारक तत्त्वहरू जस्तै- लेड र बेरियमले एलर्जी उत्पन्न गर्न सक्छ र कर्नियालाई (आँखाको पारदर्शी भाग जो हेर्नको लागि आवश्यक छ) पनि नोक्सान पुर्‍याउन सक्छ ।

के अन्धोपनको कारण बन्न सक्छ ?

पटाकाको धुवाँमा भएका प्रदूषकहरूले बच्चाहरूमा अस्थायी अन्धोपन र प्रकाशप्रति संवेदनशीलता बढाउन सक्छन्, जसले गर्दा बाहिर खेल्न र अन्य क्रियाकलापहरूमा संलग्न हुन कठिन हुन सक्छ । यसै गरी, प्रदूषित वातावरणमा आँखा पाक्ने रोगको खतरा पनि बढ्छ, जो बच्चाहरूमा छिटो फैलिन सक्छ । यस्तो प्रदूषणको नियमित सम्पर्कले आँखामा गम्भीर र दीर्घकालीन समस्याहरूको कारण बन्न सक्छ, जस्तै- मोतीबिन्दु, जसले समयसँगै आँखालाई गम्भीर रूपमा प्रभावित गर्न सक्छ ।

बच्चाहरूलाई पटाकाको धुवाँबाट टाढा राख्न धेरै जरुरी छ, किनभने उनीहरूको आँखा विशेष रूपमा संवेदनशील हुन्छ र हानिकारक धुवाँ र ग्यासहरूबाट नोक्सान हुन सक्छ । त्यसैले सकेसम्म पटाका नपड्काउनुहोस्, यदि तपाईंको वरिपरिका व्यक्तिहरूले पटाका पड्काइरहेका छन् भने, त्यहाँबाट बच्चाहरूलाई टाढा राख्नुहोस् र तपाईं आफैँ पनि त्यहाँबाट टाढा रहनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register