आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गरेपछि नेपाल स्तव्ध भएको हो । अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । अमेरिकाका ओपनर शयान जहाजिंगरको दमदार प्रदर्शन […]

Oct 28, 2024 - 01:13
 0
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गरेपछि नेपाल स्तव्ध भएको हो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए ।

अमेरिकाका ओपनर शयान जहाजिंगरको दमदार प्रदर्शन नेपाललाई भारी पर्यो। उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतक बनाएर आफ्नो टोलीलाई जितको नजिक पुर्‍याए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन दिएर चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिएका थिए ।

यसअघि ग्राण्ड प्रेरी क्रिकेट मैदान, डालसमा टस गुमाएर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले ९६ रन बनाएर महत्वपूर्ण योगदान दिए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिकाका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिएर नेपाललाई दबाबमा राखे ।

अब मंगलबार नेपालले स्कटल्यान्डसँग भिड्नेछ । लिग–२ को अंकतालिकामा ९ खेलबाट ३ अङ्कसहित नेपाल सातौं स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा र क्यानडा शीर्ष स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register