रविको हिरासत बसाइ: छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा समय, बाहिरबाटै खाना

काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ सामान्य रहेको छ । कास्की प्रहरीको हिरासतमा दस दिन बिताइसकेका रविलाई भेट्न आउनेहरूलाई सहज सुविधा दिइएको र प्रहरीबाट कुनै दुर्व्यवहार नभएको स्रोतले बताएको छ । रविको कोठा कास्की प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको गार्डको सुत्ने कोठामा छ, जहाँ उनी एक्लै […]

Oct 28, 2024 - 01:49
 0
रविको हिरासत बसाइ: छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा समय, बाहिरबाटै खाना

काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ सामान्य रहेको छ ।

कास्की प्रहरीको हिरासतमा दस दिन बिताइसकेका रविलाई भेट्न आउनेहरूलाई सहज सुविधा दिइएको र प्रहरीबाट कुनै दुर्व्यवहार नभएको स्रोतले बताएको छ ।

रविको कोठा कास्की प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको गार्डको सुत्ने कोठामा छ, जहाँ उनी एक्लै बसिरहेका छन् ।

कोठामा खाट, ओढ्ने–ओछ्याउने सामग्री, एउटा टेबल, र लुगा झुण्ड्याउने ह्याङ्गरको व्यवस्था छ । कोठाको झ्याल र ढोकाबाटै आगन्तुकहरूले उनलाई भेट्न र कुरा गर्न सक्दछन् ।

रविले हिरासतमा दैनिक भेटघाटको लागि दुई सत्रमा समय पाएका छन् – बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ३ देखि ५ बजेसम्म, जसमा रास्वपाका नेता र कार्यकर्ताहरू उनलाई भेट्न आउँछन् ।

उनलाई बाहिरबाट खाना मगाउन दिइएको छ । पुस्तक, पत्रपत्रिका र टिभी पनि उपलब्ध छन् । उनले आफ्नो समय पुस्तक पढ्न, डायरी लेख्न र टिभी हेर्नमा बिताइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register