जीप दुर्घटना हुँदा चार जना घाइते

बझाङ, १२ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरूमा जीप चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीर बहादुर बम, [...] The post जीप दुर्घटना हुँदा चार जना घाइते appeared first on Jhapa Online.

Oct 28, 2024 - 13:02
 0
जीप दुर्घटना हुँदा चार जना घाइते

बझाङ, १२ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा जीप चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीर बहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

The post जीप दुर्घटना हुँदा चार जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register