कनकाई दसैं तिहार फुटबल : वडा नं. ५ सेमिफाइनलमा

सुरुङ्गा, १२ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैं–तिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ५ ले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । वार्ड नम्बर ५ का तर्फबाट रुचन लिम्बुले लगायतार २ गोल गरेपछि उसले कनकाई भेट्रान क्लवको चुनौती पन्साउदै ५ नम्बरले बिजयी भएको हो । [...] The post कनकाई दसैं तिहार फुटबल : वडा नं. ५ सेमिफाइनलमा appeared first on Jhapa Online.

Oct 28, 2024 - 13:02
 0
कनकाई दसैं तिहार फुटबल : वडा नं. ५ सेमिफाइनलमा

सुरुङ्गा, १२ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैं–तिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ५ ले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

वार्ड नम्बर ५ का तर्फबाट रुचन लिम्बुले लगायतार २ गोल गरेपछि उसले कनकाई भेट्रान क्लवको चुनौती पन्साउदै ५ नम्बरले बिजयी भएको हो । लिम्बुले खेलको पहिलो आफको ११ र २७ मिनेटमा गोल गर्दै आफ्नो टिमको बिजयी सुनिश्चित गरेका हुन । लिम्बु आजको खेलाको म्यान अफ दी म्याच बने । उनलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, दिपेन ओली, वेविशा दवाडी लगायातले नगद १५ सय सहित ट्रफि प्रदान गर्नुभयो ।

रुचन यस अघिको ५ नम्बर र २ नम्बरविचको आईतवार भएको खेलमा समेत मेन अफ दी म्याच बनिसकेका खेलाडी हुन । ५ नम्बरले फाईनल खेल प्रवेशका लागि अब भोली मंगलवार दिउसो ३ बजे खेल खेल्दै छ । त्यसअघि पहिलो सेमिफाईनल खेल दिउसो १ बजे कनकाई ३ र ९ बिच हुने आयोजक समितिका संयोजक दिपेन ओलीले बताउनुभयो ।

कनकाई माविको खेल मैदानमा कार्तिक ९ गतेदेखि आयोजित खेल प्रतियोगिता स्थानीय होटल डिलाईट, भुतपुर्व अमेरिकी सैनिक आशिस संग्रौला लगायातको आयोजनामा खेल प्रतियोगिता हुदै छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद ३५ हजार प्राप्त गर्ने छ । फाईनल खेल आगामि कार्तिक १४ गते हुनेछ ।

The post कनकाई दसैं तिहार फुटबल : वडा नं. ५ सेमिफाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register