ओएनएफ यूके साउथ इस्ट क्षेत्रीय कमिटीले गर्‍यो शुभकामना कार्यक्रम

लन्डन । प्रवासी नेपाली मंच बेलायत (ओएनएफ यूके) साउथ इस्ट क्षेत्रीय कमिटीले दशैं तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली संस्कृतिलाई बिदेशमा पनि जगेर्ना गर्दै दशैं, तिहार र छठको शुभकामना साटासाट गर्न आइतबार प्लमस्टिडमा कार्यक्रम गरिएको हो । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटीका सल्लाहकार तथा ओएनएफ यूकेका पूर्व अध्यक्ष दिनेश […]

Oct 28, 2024 - 14:12
 0
ओएनएफ यूके साउथ इस्ट क्षेत्रीय कमिटीले गर्‍यो शुभकामना कार्यक्रम


लन्डन । प्रवासी नेपाली मंच बेलायत (ओएनएफ यूके) साउथ इस्ट क्षेत्रीय कमिटीले दशैं तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

नेपाली संस्कृतिलाई बिदेशमा पनि जगेर्ना गर्दै दशैं, तिहार र छठको शुभकामना साटासाट गर्न आइतबार प्लमस्टिडमा कार्यक्रम गरिएको हो ।

प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटीका सल्लाहकार तथा ओएनएफ यूकेका पूर्व अध्यक्ष दिनेश घिमिरेले उपस्थित सबैलाई चाडपर्वहरुले खुशीयाली संगै समृद्धि ल्याओस् भन्दै शुभकामना दिए ।

त्यस्तै, साउथ इस्ट क्षेत्रीय कमिटी अध्यक्ष राममाया थापाले कार्यक्रममा उपस्थित सबैलाई शुभकामनासहित धन्यबाद दिइन् । उनले आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा गरिन् ।

नयाँ कार्यसमितिको पहिलो अनौपचारिक कार्यक्रममा ओएनएफ यूरोप कमिटीका आर्थिक विभाग प्रमुख केदार थपलिया, ओएनएफ यूके सचिव पुण्य रेग्मी, साउथ वेस्ट क्षेत्रीय कमिटी अध्यक्ष प्रमेश शर्मा (शिव), क्षेत्रिय कमिटीका पूर्व उपाध्यक्ष हरि गोविन्द गुरुङलगायतले दशैं तिहार र छठको शुभकामना व्यक्त गरे ।

साउथ इस्ट क्षेत्रीय कमिटी सचिव जिविका नहर्कीले संचालन गरेको कार्यक्रममा परिचयात्मक कार्यक्रम राखिएको थियो । शुभकामना कार्यक्रममा कृस्ता थापाले नृत्य प्रस्तुत गरेकी थिइन् । 

ओएनएफ यूके साउथ इस्ट क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु स्वयंले खाने कुराहरुमा योगदान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register