रविको रिहाइ माग गर्दै लन्डन दूतावासमा रास्वपा यूकेको ज्ञापन

लन्डन- सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको रिहाइ माग गर्दै लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाइएको छ । रास्वपा प्रवास समन्वय विभाग यूकेले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दावी गर्दै तत्काल रिहा गर्न मागसहित दूतावासमार्फत् नेपाल सरकारलाई ज्ञापन बुझाएको हो । सभापति पवन शर्मा नेतृत्वको […]

Oct 28, 2024 - 20:36
 0
रविको रिहाइ माग गर्दै लन्डन दूतावासमा रास्वपा यूकेको ज्ञापन

लन्डन- सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको रिहाइ माग गर्दै लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाइएको छ ।

रास्वपा प्रवास समन्वय विभाग यूकेले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दावी गर्दै तत्काल रिहा गर्न मागसहित दूतावासमार्फत् नेपाल सरकारलाई ज्ञापन बुझाएको हो ।

सभापति पवन शर्मा नेतृत्वको रास्वपा यूकेको प्रतिनिधिमण्डल सोमबार दिउँसो दूतावास पुगेर कार्यवहाक राजदूत विपिन दुवाडीलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा संसदीय छानबिन समितिको अनुसन्धानले सभापति लामिछानेलाई सहकारी ठगीमा संलग्न नरहेको किटान गरिसकेको अवस्थामा पनि राजनीतिक प्रतिशोधकै कारण पक्राउ गरिएको आरोप लगाइएको छ।


सभापति लामिछानेलाई तत्काल रिहाइ गर्नका साथै सहकारी ठगीमा संलग्न सत्तारुढ कांग्रेस, एमालेका नेताहरुमाथि अनुसन्धान गर्न, सहकारी पीडितको रकम फिर्ता गराउन र भुटानी शरणार्थी, ललितानिासलगायतका अन्य ठूला भष्ट्राचार काण्डका फाइल खोल्न समेत रास्वपा यूकेले माग गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण गर्दै रास्वपा यूके सभापति पवन शर्माले सभापति लामिछाने निर्दोष हुंदाहुंदै पनि पक्राउ गरिनु अन्यायपूर्ण भएकाले उनलाई तत्काल रिहाइ गर्नुपर्ने आफ्नो माग रहेको बताए । ज्ञापनपत्र बुझ्दै कार्यवहाक राजदूत दुवाडीले चाँडै सम्बन्धित निकायसम्म पुर्याइदिने आश्वासन दिए ।

ज्ञापनपत्र बुझाउन सभापति शर्मासंगै उपसभापति कोशलेश्वर ढकाल, प्रवक्ता विष्णु चालिसे, सदस्यहरु डिलाराम गौतम, भोजराज कंडेल, लन्डन क्षेत्रीय सभापति राम थापा, मिडल्यान्ड क्षेत्रीय उपसभापति दिनेश खरेल, क्षेत्रीय सदस्यहरु बलराम चापागाईं, शालिक सापकोटा, विद्यार्थी विभाग सदस्य रमेश बेल्वासे र चार्टर एकाउन्टेन्ट अर्जुन कटुवाल दूतावास पुगेका थिए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register