भ्रष्टाचार गर्न पाइँदैन कि भनेर सरकार डराएको छ : बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले आफूहरूको आन्दोलन दबाउन सरकार लागिपरहेको प्रतिक्रिया दिएका छन् । मङ्गलबार बालुवाटारमा जारी आन्दोलनका क्रममा उनीहरूले यस्तो बताएका हुन् । आन्दोलन स्थलबाटै रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, “आन्दोलन दबाउन सरकार लागिपरेको छ ।” अगाडि उनले भने, “भ्रष्टाचार गर्न पाइँदैन कि भनेर सरकार डराएको छ । यो देशमा भ्रष्टाचार […]

Oct 29, 2024 - 07:25
 0
भ्रष्टाचार गर्न पाइँदैन कि भनेर सरकार डराएको छ : बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले आफूहरूको आन्दोलन दबाउन सरकार लागिपरहेको प्रतिक्रिया दिएका छन् ।

मङ्गलबार बालुवाटारमा जारी आन्दोलनका क्रममा उनीहरूले यस्तो बताएका हुन् । आन्दोलन स्थलबाटै रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, “आन्दोलन दबाउन सरकार लागिपरेको छ ।”

अगाडि उनले भने, “भ्रष्टाचार गर्न पाइँदैन कि भनेर सरकार डराएको छ । यो देशमा भ्रष्टाचार मात्रै छैन, महाभ्रष्टाचार छ । त्यसलाई तह लगाउने हामी हौँ ।”

उनले रास्वपा आफैँ एउटा आन्दोलन भएको दाबी गरे । “रास्वपा आफैँमा आन्दोलन हो । यो स्थापनापछि भ्रष्टाचारीहरूको निन्द्रा हराएको छ । त्यसमध्ये एक रवि लामिछाने हुन्,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register