रवि लामिछानेको तिहार हिरासतमै !

सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ ।

Oct 30, 2024 - 01:55
 0
रवि लामिछानेको तिहार हिरासतमै !

काठमाडौं । सहकारी ठगीसम्बन्धी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका रविका अन्य सहकारीसम्बन्धी ठगीको पनि अनुसन्धान अगाडि बढेको छ ।

बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानो पाइला सहकारी र काठमाडौंको  स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी पनि प्रहरीले अनुसन्धान अगाडि बढाउँदैछ ।

अनुसन्धान लगातार अघि बढाउनुपर्ने हुनाले रविलाई तिहारअगावै बाहिर नपठाउने प्रहरी स्रोतले बतायो ।

त्यसो त पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी ठगीबारे अनुसन्धान अगाडि बढिसकेको छ । “पोखरा (सूर्यदर्शन) र बुटवल (सुप्रिम) को अवस्था हेरेर अनुसन्धान अगाडि बढ्छ,” प्रहरी स्रोत भन्छ, “त्यसकारण उहाँको चाँडै बाहिर आउनुहुन्न ।”

सूर्य थापा नेतृत्वको विशेष संसदीय समितिको निर्देशनअनुसार रवि गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् । त्यसलगत्तै उनलाई कास्कीको प्रहरी हिरासत पुर्‍याइएको थियो । उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत, कास्कीले दुईपटक म्याद थपको अनुमति दिइसकेको छ ।

रविको दल रास्वपाले भने शृङ्खलाबद्ध विरोध प्रदर्शन गरिरहेको छ । पार्टी सभापति रवि पक्राउलाई ‘प्रतिशोध’का रूपमा व्याख्या गरेका रास्वपा नेताहरूले पछिल्लो समय त्यसविरुद्धको विरोध प्रदर्शनलाई सहकारी पीडितविरुद्धको प्रदर्शन भनेर कुरा फेरेका छन् ।

सुरुमा पोखराकेन्द्रित विरोध प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौंकेन्द्रित भएर विरोध प्रदर्शन गरिरहेको छ । मङ्गलबार (हिजो) मात्रै प्रधानमन्त्री सरकारी निवास रहेको बालुवाटारमा विरोध प्रदर्शन गरेको थियो । जहाँ केन्द्रीय सदस्य पुकार बमसहित १५ भन्दा बढी रास्वपा नेताहरू पक्राउ परेका थिए, उनीहरू हिजै साँझ छुटिसकेका छन् ।

विरोध प्रदर्शनको कोणसभामार्फत रास्वपा नेताहरूले रविलाई हिरासतमा राखिरहनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । रास्वपाले मिनी संसद्लाई समेत रविलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरेको छ ।

तर, यता प्रहरीले भने अनुसन्धान नसकिन्जेलसम्म रविलाई थुनामै राख्ने जनाऊ दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register