मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द 

काठमाडौँ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर रद्द भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द भएको हो ।  राष्ट्र बैंकले कात्तिक २ गते मानुषी र श्रृजनशील लघुवित्तबीचको प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।  सोही निर्देशनअनुसार दुई कम्पनीबीचको मर्जर रद्द भएको हो । श्रृजनशीलसँगको मर्जर प्रक्रिया […]

Oct 30, 2024 - 04:43
 0
मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द 

काठमाडौँ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर रद्द भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द भएको हो । 

राष्ट्र बैंकले कात्तिक २ गते मानुषी र श्रृजनशील लघुवित्तबीचको प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । 

सोही निर्देशनअनुसार दुई कम्पनीबीचको मर्जर रद्द भएको हो । श्रृजनशीलसँगको मर्जर प्रक्रिया रद्द भएको जानकारी मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ । 

यी दुई लघुवित्तबीच २०७९ चैत २ गते मर्ज हुने सझदारी पत्रमा हस्ताक्षर भएको थियो भने अन्तिम सम्झौतापत्रमा २०८० पुष ११ गते हस्ताक्षर भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register