हामी कम्युनिष्टहरु बोल्छौं एउटा, गर्छौं अर्कै, पहिले आफैँ सुध्रौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्टहरुको बोली एकातिर र व्यवहार अर्कैतिर हुने गरेको बताएका छन् । स्वर्गीय नरबहादुर कर्मचार्यको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरु बिग्रिएको स्वीकार गरे । उनले भने, ‘हाम्रो बोली र व्यवहारमा ठूलो खाँडल छ । हामी एउटा कुरा बोल्छौं तर, काम भने अर्कै […]

Oct 30, 2024 - 10:56
 0
हामी कम्युनिष्टहरु बोल्छौं एउटा, गर्छौं अर्कै, पहिले आफैँ सुध्रौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्टहरुको बोली एकातिर र व्यवहार अर्कैतिर हुने गरेको बताएका छन् ।

स्वर्गीय नरबहादुर कर्मचार्यको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरु बिग्रिएको स्वीकार गरे ।

उनले भने, ‘हाम्रो बोली र व्यवहारमा ठूलो खाँडल छ । हामी एउटा कुरा बोल्छौं तर, काम भने अर्कै गर्छौं । नेपालका कम्युनिष्टहरुको यो एउटा मुख्य समस्या हो । अब आफैँभित्रबाट चिन्तन गरौँ ।’

अध्यक्ष प्रचण्डले आफूहरु नसुिध्रिइ अब अघि बढ्न नसकिने बताए । उनले भने, ‘हामीले अरुहरुका विषयमा धेरै चर्चा गर्यौं, पुँजीवादविरुद्ध संघर्ष, वैज्ञानिक समाजवाद अनेक कुरा गर्यौं तर, मुख्य कुरा हामीले आफूलाई हेरेनौं । हामी आफैँ बिग्रिएका थियौं, सुधार गर्नतिर लागेनौं ।’

उनले अब आफूहरु गम्भीर आत्मसमीक्षामा लागेको समेत दाबी गरे । सबैले आत्मसमीक्षा नगरेसम्म कम्युनिष्ट एकता पनि सम्भव नभएको उनले बताए ।

प्रचण्डले भने, ‘कम्युनिष्ट एकताका गफ धेरै भए पनि व्यवहारमा सम्भव भएन, अब पहिले सबैले आफैँलाई समीक्षा गरौं, एकता पछि गर्दै गरौंला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register