एमाले काठमाडौं महानगर कमिटीले आयोजना गर्‍यो देउसी भैलो कार्यक्रम

काठमाडौं । नेकपा (एमाले)को काठमाडौं महानगर कमिटीले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगर वडा नम्बर १६ नयाँ बजारमा एमालेले मंगलबार देउसी भैलो कार्यक्रम आयोजना गरेको हो । देउसी भैलो कार्यक्रममा सहभागी नेताहरुले वडा नम्बर १६ मा मंसिर १६ गते हुने उपनिर्वाचनलाई समेत लक्षित गरी कार्यक्रम गरिएको बताएका छन् । एमाले पोलिट्ब्युरो सदस्य […]

Oct 30, 2024 - 11:38
 0
एमाले काठमाडौं महानगर कमिटीले आयोजना गर्‍यो देउसी भैलो कार्यक्रम

काठमाडौं । नेकपा (एमाले)को काठमाडौं महानगर कमिटीले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगर वडा नम्बर १६ नयाँ बजारमा एमालेले मंगलबार देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।

देउसी भैलो कार्यक्रममा सहभागी नेताहरुले वडा नम्बर १६ मा मंसिर १६ गते हुने उपनिर्वाचनलाई समेत लक्षित गरी कार्यक्रम गरिएको बताएका छन् ।

एमाले पोलिट्ब्युरो सदस्य एवं पूर्वसांसद कृष्ण राईले मंसिर १६ मा हुने उपनिर्वाचनलाई समेत लक्षित गरी यही वडामा कार्यक्रम गर्नुले विशेष संकेत गरेको बताए ।

मंसिर १६ मा काठमाडौं वडा नम्बर १६ मा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेता राईले तिहार सबै भाषा, संस्कृति र जातजातिले अपनत्व गर्ने पर्व भएको बताए ।

‘मानिसको मात्र नभएर पशुपन्छीदेखि जनावरसम्मको पूजा हुने यो पर्व जीवन जगतका सबै जीवसँग सम्बन्धित छ,’ उनले भने, ‘यो हाम्रो प्राचीन संस्कृति हो, यसले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छ ।’

उपचुनावको सम्मुखमा भएको कार्यक्रमले पार्टीभित्र र मतदातामा पनि एकताको भ्रातृत्वको सन्देश दिने उनले बताए ।

स्वागत मन्तव्यका क्रममा एमाले महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठले एमालेले आगामी वर्षहरुमा देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, केन्द्रीय सदस्य एवं पूर्वप्रदेश सभा सदस्य नारायण सिलवाल, केन्द्रीय सदस्य शर्मिला कार्की, केन्द्रीय सदस्य शान्ति अधिकारी र काठमाडौं महानगर इन्चार्ज तेजप्रसाद ढकाल पनि सहभागी थिए ।

त्यस्तै कार्यक्रममा काठमाडौं महागरपालिका उपप्रमुख सुनिता डंगोल, एमाले काठमाडौं जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला, वडा अध्यक्षहरुलगायत सहभागी भएको एमालेले जनाएको छ ।

कार्यक्रम सञ्चालन एमाले काठमाडौं महानगर कमिटी उपसचिव एवं वडा नम्बर ९ की सदस्य सिर्जना भेटवालले गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register