बेलायतमा श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी

लन्डन । बेलायत सरकारले  घण्टाको  हिसाबले काम गर्ने  श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि गर्ने तयारी गरेको छ । सन् २०२५ को अप्रिलबाट लागू हुने गरि प्रति घन्टाको हिसाबमा फुल टाइम काम गर्ने २१ वर्ष माथिका मजदुरहरुको न्यूनतम ज्याला ६.७ प्रतिशतले वृद्धि गर्न लागिएको अर्थमन्त्रीले र्याचेल रीभ्सले  बताएकी छन् । जस अनुरुप हाल पाउँदै गरेको प्रति घण्टा […]

Oct 30, 2024 - 11:43
 0
बेलायतमा श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी

लन्डन । बेलायत सरकारले  घण्टाको  हिसाबले काम गर्ने  श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि गर्ने तयारी गरेको छ ।

सन् २०२५ को अप्रिलबाट लागू हुने गरि प्रति घन्टाको हिसाबमा फुल टाइम काम गर्ने २१ वर्ष माथिका मजदुरहरुको न्यूनतम ज्याला ६.७ प्रतिशतले वृद्धि गर्न लागिएको अर्थमन्त्रीले र्याचेल रीभ्सले  बताएकी छन् ।

जस अनुरुप हाल पाउँदै गरेको प्रति घण्टा ११.४२  पाउण्डबाट आगामी वर्ष अप्रिलबाट १२.२१ पाउण्ड अर्थात प्रति घण्टा ०.८७ पेन्सले  वृद्धि  हुनेछ । सरकारले घोषणा गर्न लागेको यो निर्णयले तीस लाखभन्दा बढी मजदुरहरु लाभान्वित हुने बताइएको छ।

यो वृद्धिसंगै आगामी वर्षदेखि उनीहरुको वार्षिक आम्दानी १ हजार ४ सय पाउण्ड वृद्धि हुनेछ । सरकारले गत अप्रिलदेखि लागू हुनेगरी न्यूनतम ज्याला प्रति घण्टा १०.४२ पाउण्डबाट बढाएर ११.४४ पाउण्ड पुर्याएको थियो ।

यसैगरी १८ देखि २० वर्ष उमेर समूहका श्रमिकहरुको पनि न्यूनतम ज्याला प्रति घण्टा १.४० पाउण्ड वृद्धि गरेको छ, जुन वृद्धि अहिलेसम्मकै उच्च हो ।

यो उमेर समूहका श्रमिकहरुको हाल कायम रहेको प्रति घण्टा ८.६० पाउण्डलाई बढाएर आगामी अप्रिलबाट प्रति घण्टा १० पाउण्ड पुर्याइनेछ । यो वृद्धिसंगै उनीहरुको वार्षिक आम्दानी २ हजार ४५ सय पाउण्डले बढ्ने छ ।

एप्रेन्टिसेस् अर्थात तालिमका साथै काम गर्नेहरुका लागि पनि प्रति घण्टा ६.४० पाउण्डबाट बढाएर प्रति घण्टा ७.५५ पाउण्ड पुर्याइएको छ । नयाँ कायम हुन लागेको न्यूनतम ज्याला २१ वर्ष माथिको तुलनामा २१ वर्ष मुनिका उमेर समूहका लागि अत्यधिक वृद्धि गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register