दक्षिणपूर्वी स्पेनमा भीषण बाढी, ५१ जनाको मृत्यु

काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको प्रशासनले जनाएको छ । राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ । यसैबीच सामाजिक सञ्जालमा धेरै भिडियोहरु बाहिर आएका छन् । यसमा धेरै कारहरु तैरिरहेका देखिन्छन् […]

Oct 30, 2024 - 12:13
 0
दक्षिणपूर्वी स्पेनमा भीषण बाढी, ५१ जनाको मृत्यु

काठमाडौँ ।

भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको प्रशासनले जनाएको छ ।

राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ । यसैबीच सामाजिक सञ्जालमा धेरै भिडियोहरु बाहिर आएका छन् । यसमा धेरै कारहरु तैरिरहेका देखिन्छन् ।

अर्कोतर्फ, बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका बताएका छन् । 

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register