भृकुटीमण्डपमा टीभीएसको ‘महा एक्सचेन्ज मेला’ 

काठमाडौं । दशैंको अवसरमा टीभीएस नेपालको ‘महा एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । कम्पनीका अनुसार मेला असोज १५ गतेदेखि २० गतेसम्म सञ्चालनमा रहने छ । मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको […]

Oct 3, 2024 - 07:29
 0
भृकुटीमण्डपमा टीभीएसको ‘महा एक्सचेन्ज मेला’ 

काठमाडौं । दशैंको अवसरमा टीभीएस नेपालको ‘महा एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । कम्पनीका अनुसार मेला असोज १५ गतेदेखि २० गतेसम्म सञ्चालनमा रहने छ ।

मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीले दाबी गरेको छ ।

मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग  नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दशैं अफरहरू :

दशैंलाई दृष्टिगत गर्दै टीभीएसले विशेष अफरहरू सार्वजनिक गरेको छ ।

पूर्व–खरिद अफरहरू : दशैंका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५,००,००० रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

त्यसै गरी खरिद गर्दा १०,००,००० रुपैयाँसम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक साता १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको  बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसै गरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरू :

उच्चतम मूल्याङ्कनको ग्यारेन्टी : मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् ।

यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मन पर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

ग्यारेन्टर बिना सजिलो वित्तीय सुविधा : वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ रु मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

टेस्ट राइड र निश्चित उपहार : मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने छ ।

छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआई सुविधा : मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।

निःशुल्क सामग्री : एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् ।

आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register