ट्रम्पको टिप्पणी- ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्

काठमाडौं । नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावका प्रत्यासी डोनाल्ड ट्रम्पले अर्की प्रत्यासी कमला ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा सयौं मानिस मारिने टिप्पणी गरेका छन् । आफ्ना समर्थकहरूका सामु उनले यस्तो बताएका हुन् । ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्नयोग्य नभएको उल्लेख गर्दै उनले भने, “सबैलाई थाहा छ कि उनी […]

Oct 31, 2024 - 02:32
 0
ट्रम्पको टिप्पणी- ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्

काठमाडौं । नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावका प्रत्यासी डोनाल्ड ट्रम्पले अर्की प्रत्यासी कमला ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा सयौं मानिस मारिने टिप्पणी गरेका छन् ।

आफ्ना समर्थकहरूका सामु उनले यस्तो बताएका हुन् । ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्नयोग्य नभएको उल्लेख गर्दै उनले भने, “सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।”

ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसहरूलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप पनि उनले लगाए । यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register