सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारको तर्फबाट साफ महिला च्यापियनसिपको उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख रुपयाँ पुरस्कार दिने भएको छ । च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् । यस्तै, मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले […]

Oct 31, 2024 - 06:38
 0
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारको तर्फबाट साफ महिला च्यापियनसिपको उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख रुपयाँ पुरस्कार दिने भएको छ ।

च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।

यस्तै, मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए ।

बुधबार सम्पन्न भएको साफ महिला च्याम्पियनसिपको सातौं संकरणमा बंगलादेशसँग पराजित हुँदा नेपाल उपविजेता बनको थियो ।

यसअघि, बुधबार नै काठमाडौं महानगरपालिकाले नेपाली टोलीलाई २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register