स्पेन बाढी अपडेटः मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो, पूर्वी भ्यालेन्सिया क्षेत्र बढी प्रभावित

भ्यालेन्सिया । स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् । स्पेनले बाढीका कारण ज्यान गुमाएका मानिसको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्। भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले […]

Nov 1, 2024 - 00:45
 0
स्पेन बाढी अपडेटः मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो, पूर्वी भ्यालेन्सिया क्षेत्र बढी प्रभावित

भ्यालेन्सिया । स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् ।

स्पेनले बाढीका कारण ज्यान गुमाएका मानिसको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी)ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ ।

क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register