तिहारमा पुग्दैन फूलका माला, आपूर्तिभन्दा माग बढी 

काठमाडौं । तिहारलाई फूलहरूको पर्व मानिन्छ । तर, यस वर्षको तिहारमा फूलभन्दा माग बढी रहेको फ्लोरिकल्चर एशोसियन नेपालले जनाएको छ । यस वर्ष तिहारको लागि बजारमा ४० लाख फूलका मालाको माग छ । यद्यपि, आन्तरिक उत्पादन र आयातित मालाहरू गरेर ३० लाख जति मात्र उपलब्ध हुने फ्यानले जनाएको छ । नेपालको धर्म र संस्कृति अनुसार […]

Nov 1, 2024 - 09:39
 0
तिहारमा पुग्दैन फूलका माला, आपूर्तिभन्दा माग बढी 

काठमाडौं । तिहारलाई फूलहरूको पर्व मानिन्छ । तर, यस वर्षको तिहारमा फूलभन्दा माग बढी रहेको फ्लोरिकल्चर एशोसियन नेपालले जनाएको छ । यस वर्ष तिहारको लागि बजारमा ४० लाख फूलका मालाको माग छ ।

यद्यपि, आन्तरिक उत्पादन र आयातित मालाहरू गरेर ३० लाख जति मात्र उपलब्ध हुने फ्यानले जनाएको छ । नेपालको धर्म र संस्कृति अनुसार बाह्रै महिना फूल आवश्यक परे पनि तिहार तथा छठमा फूलको आवश्यकता बढी पर्ने गर्दछ ।

मानिसहरूले दाजुभाइलाई लगाउन मात्रै नभई घर, अफिस वा मठमन्दिर सजाउनका लागि पनि फूलको उत्तिकै प्रयोग गर्ने गरेका छन् । केही समयअधिसम्म नेपालमा अत्यधिक मात्रामा प्लास्टिकका फूलहरूको प्रयोग भए पनि अहिले नेपाल सरकारले प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।

यद्यपि, अवैध रूपमा खुला नाकाहरूबाट प्लास्टिकका रंगीचङ्गी फूलहरू भित्रिरहेकै छन् । सयपत्री, मखमली लगायतका फूलहरूले यस वर्षको तिहार नधान्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

किन अपुग भयो यो वर्षको तिहारमा फूल ?

फ्लोरिकल्चर एशोसियन नेपालका अध्यक्ष दिलिप बादेकाअनुसार चाडवाडको मुखैमा देशले सामना गरेको प्राकृतिक विपत्तिबाट फूल खेतीमा ठूलो असर परेको छ । बाढी पहिरोले फूल बगाउँदा यो वर्षको तिहारमा फूल नपुग्ने उनको भनाइ छ ।

‘यस वर्ष बाढी पहिरोको कारण धेरै फूलहरू नष्ट भए, बगे । कतिपय ठाउँमा पानीले डुबेर फूल कुहिएका छन् । यसले गर्दा अहिले नेपालको फूलले मात्रै माग नधान्ने अवस्था रहेको छ ।’ अध्यक्ष बादेले भने ।

फ्यानका पूर्व संस्थापक अध्यक्ष सुरेश भक्त श्रेष्ठ पनि यस वर्ष फूल अपुग हुनमा प्रमुख कारण बाढीले फूल बगाएकोलाई नै औँल्याउँछन् । गत वर्ष स्वदेशी सयपत्री फूलहरूले बजार नपाएको कारण अलपत्र परेकाले किसान निरुत्साहित भएको उनको भनाइ छ ।

विक्री नभएपछि सयपत्री फूल सडकमा मिल्काउँदै व्यापारी, बालेन शाहसँग आक्रोशित

सोही कारण यस वर्ष धेरै किसानले फूल खेती नगरेको कारण पनि यस वर्ष फूल अपुग हुने उनी बताउँछन् ।

‘स्वदेशी फूलले बजार र मूल्य पाएको छ’

यस वर्ष स्वदेशी फूलले बजार र मूल्य दुबै राम्रो पाएको अध्यक्ष बादे बताउँछन् । उनका अनुसार यस वर्ष फूल किसान र व्यवसायी सबै उत्साहित रहेका छन् । गत वर्ष बिक्री नभएको कारण फूल कुहिएर गएकाले धेरै नेपाली किसानले यस वर्ष फूल लगाएनन् ।

व्यवसायीहरू पनि पलायन भएका छन् । यद्यपि, फूल खेती गरेका किसानहरूले यस वर्ष भने राम्रो बजार र मूल्य पाएको अध्यक्ष बादेको भनाई छ ।  तिहारमा सयपत्री फूल हारालुछ हुने भए पनि मखमली र गोदावरी फूल भने पर्याप्त रहेको छ ।

नेपालले मखमली फूल बर्सेनि २ देखि ३ लाखसम्म निर्यात पनि गर्दै आएको एसोसिएसनका अध्यक्ष बादेले जनाएका छन् । यस वर्ष पनि नेपालले दुई लाख मखमली माला निर्यात गर्ने भएको छ । गत वर्ष एक लाख ५० हजार मखमली माला निर्यात गरिएको थियो ।

कसरी हुन्छ अपुग फूलको व्यवस्थापन ? 

विशेष गरी नेपालमा व्यावसायिक रूपमा खेती गरिने फूलको तथ्यांकमात्रै हेर्ने गरिन्छ । तर, अन्य स्थानीय फूलहरुपनि मानिसले प्रयोग गरिरहेका हुन्छन् । स्थानीय स्तरमा उत्पादित उक्त फूलहरू नै यस वर्षको अपुग फूल व्यवस्थापन गर्न सकिने एउटा विकल्प रहेको अध्यक्ष बादे बताउँछन् ।

त्यस्तै, खुल्ला सिमानाबाट पनि अवैध रूपमा लुकीछिपी फूल भित्रिने भएकाले तिहारमा अपुग फूलको व्यवस्था हुने उनको भनाई छ । गत वर्ष मानिस नहिँड्ने स्थानलाई फूल बिक्री स्थल तोकिदिएकाले पनि धेरै फूलहरू बिग्रिएका थिए ।

यस वर्ष भने काठमाडौं महानगरले नै भाटभटेनी, सपिङ मल जस्ता मानिसहरूको भिडभाड हुने स्थानमा बिक्री स्थल तोकिदिएको छ ।

काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान (सूचीसहित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register