राष्ट्रपतिले गरे गाई पूजा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेलले आज (शनिबार) गाई पूजा गरेका छन् । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरुप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र […]

Nov 2, 2024 - 07:33
 0
राष्ट्रपतिले गरे गाई पूजा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेलले आज (शनिबार) गाई पूजा गरेका छन् ।

कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरुप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने जनविश्वास छ । तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register