युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया साथमा रहने घोषणा

मस्को, कात्तिक १६ गते– युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् । उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बुद्धिमानी नेतृत्व’ मा कुनै […]

Nov 2, 2024 - 12:26
 0
युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया साथमा रहने घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन (दायां) र उत्तर कोरियाली नेता किम जोङ उन

मस्को, कात्तिक १६ गते– युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् ।

विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् ।

उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बुद्धिमानी नेतृत्व’ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन् ।

उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशंका गरिएको छ ।

रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका ‘सेना र विशेष सेवाहरू’ बीचको ‘घनिष्ठ सम्बन्ध’ को प्रशंसा गर्दै युक्रेनमा उत्तर कोरियाली सहयोगका लागि रूस आभारी रहेको बताएका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको ‘नयाँ चरण’ सुरु गरेको बताएका छन् ।

यसअघि अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको थियो ।

अमेरिका र दक्षिण कोरियाले १० हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको र उनीहरु रूसको पक्षमा लडाइँमा सहभागी हुने बताउँदै आएका छन्।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ।

सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखा परेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register