रविलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको हो । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न […]

Nov 2, 2024 - 14:27
 0
रविलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको हो ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

सुप्रिम सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको भेटिएको छ । सुप्रिमबाट लामिछानेले २०७७ चैत १८ मा लिएको २ करोड ऋण गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register