रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । म्याद थपका […]

Nov 5, 2024 - 04:33
 0
रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । म्याद थपका विषयमा आज पनि अदालतमा बहस हुनेछ । बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्नेछ । 

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ ।

लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जाहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register