सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मंगलबार बिहान फेरि लरेन्स बिश्नोईको नामबाट धम्की आएको छ । मुम्बईको कन्ट्रोल रूमलाई प्राप्त सन्देशमा सलमानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रूपैयाँ नदिए ज्यान जान सक्ने धम्की आएको छ । रिपोर्टकाअनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रूमले सोमबार राति (अक्टोबर ४) एक […]

Nov 5, 2024 - 07:39
 0
सलमान खानलाई फेरि लरेन्सको नाममा धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मंगलबार बिहान फेरि लरेन्स बिश्नोईको नामबाट धम्की आएको छ ।

मुम्बईको कन्ट्रोल रूमलाई प्राप्त सन्देशमा सलमानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रूपैयाँ नदिए ज्यान जान सक्ने धम्की आएको छ ।

रिपोर्टकाअनुसार मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रूमले सोमबार राति (अक्टोबर ४) एक सन्देश प्राप्त गरेको थियो । म्यासेजमा लेखिएको थियो, ”यदि सलमान खान जीवित रहन चाहन्छन् भने उसले हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नुपर्छ ।”

अक्टोबरमा सलमानलाई दुई पटक धम्की आएको थियो । अक्टोबर २५ मा एनसीपी नेता बाबा सिद्दिकीका छोरा जिशानको कार्यालयमा २ करोड रूपैयाँ माग्ने सन्देश पनि पठाइएको थियो । सलमान र जिशानले पैसा नदिए मारिने भनिएको थियो । यस मामिलामा मुम्बई पुलिसले नोएडाबाट २० वर्षीय मोहम्मद तय्यबलाई पक्राउ गरेको थियो ।

अक्टोबर ३० मा सलमानलाई धम्कीपूर्ण सन्देश पठाएको आरोपमा ५६ वर्षीय आजम मोहम्मद मुस्तफा पक्राउ परेका थिए । मुम्बईको ट्राफिक कन्ट्रोल रूममा सन्देश पठाइएको थियो । म्यासेजमा सलमानले २ करोड नदिए मारिने बताएको थियो ।

लगातारको धम्कीका बीच सलमान अहिले फिल्म सिकन्दरको सुटिङमा व्यस्त छन् । ज्यान मार्ने धम्कीका बीच अभिनेता फिल्मको सुटिङका ​​लागि हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन् ।

अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । ताज फलकनुमा दरबारलाई आकर्षक बत्तीहरूले सजाइएको थियो । चलचित्रका टोली एक दिनअघि नै होटल पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register