जग्गा दानबारे एमालेको प्रष्टीकरण – मीनबहादुरले स्वेच्छाले दिनुभयो, हामीले ग्रहण गर्‍यौँ

काठमाडौं । नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्नै इच्छाले जग्गा दान दिएको प्रष्टीकरण दिएको छ । गुरुङले दान गरेको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेको विषयमा चर्को आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको हो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कुनै लेनदेनविना स्वेच्छाले दान दिएको विषयमा भ्रम फैलाइएको […]

Oct 16, 2024 - 08:23
 0
जग्गा दानबारे एमालेको प्रष्टीकरण – मीनबहादुरले स्वेच्छाले दिनुभयो, हामीले ग्रहण गर्‍यौँ

काठमाडौं । नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफ्नै इच्छाले जग्गा दान दिएको प्रष्टीकरण दिएको छ ।

गुरुङले दान गरेको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेको विषयमा चर्को आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कुनै लेनदेनविना स्वेच्छाले दान दिएको विषयमा भ्रम फैलाइएको बताए ।

गौतमले भने, ‘तथ्य के हो, एकजना दानवीर मिनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा एमालेको केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्‍यो । तथ्य नबुझी बदनाम नगरौं ।’

पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको उनको भनाइ छ ।

एमालेलाई मीनबहादुरको घर-जग्गा : शुद्ध ‘दान‘ कि ‘स्वार्थको बझान’ ?

यसले पार्टी सदस्यको अपमान नभएको गौतमको दाबी छ । ‘पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्‍यो ? सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं’ उनले भने ।

गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउने भएपछि यसको चर्को विरोध भइरहेको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले राजनीतिक दलले कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको बताएकी थिइन् ।

मीनबहादुरसँग कार्यालय बनाइमाग्ने ओलीको निर्णयको पार्टीभित्रै विरोध, नेताहरूले भने- एमाले भएर बाँच्न दिनुस्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register