स्थानीय तहको उपनिर्वाचन हुँदै गर्दा प्रमुख निर्वाचन आयुक्त अमेरिकामा, सरकारले घटाएर दियो बजेट

काठमाडौं । मंसिर १६ मा ४४ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । तर, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अमेरिकी राष्ट्रपति निर्वाचनको पर्यवेक्षणका लागि अमेरिकामा रहेका छन् । आयुक्त थपलिया कात्तिक २४ मा स्वदेश फर्किएपछि मात्रै मतपत्र छपाइ लगायतका महत्त्वपूर्ण निर्णयहरू हुने जनाइएको छ । प्रवक्ता नारायणप्रसाद […]

Nov 5, 2024 - 14:51
 0
स्थानीय तहको उपनिर्वाचन हुँदै गर्दा प्रमुख निर्वाचन आयुक्त अमेरिकामा, सरकारले घटाएर दियो बजेट

काठमाडौं । मंसिर १६ मा ४४ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

तर, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अमेरिकी राष्ट्रपति निर्वाचनको पर्यवेक्षणका लागि अमेरिकामा रहेका छन् ।

आयुक्त थपलिया कात्तिक २४ मा स्वदेश फर्किएपछि मात्रै मतपत्र छपाइ लगायतका महत्त्वपूर्ण निर्णयहरू हुने जनाइएको छ ।

प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, आयोगले मतपत्र छपाई र ढुवानीसम्बन्धी निर्णयहरू बाँकी रहेको छ भने अन्य तयारी पूरा भइसकेको छ ।

यसैबीच, उपनिर्वाचनका लागि आयोगले २० करोड रुपैयाँ बजेट माग गरे पनि सरकारले १२ करोड मात्र उपलब्ध गराएको छ। यसले कर्मचारी तलब भत्ता, मतपत्र छपाई र ढुवानी लगायतका व्यवस्थापनमा चुनौती थपिएको आयोगले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register