सामान्य अंकले घट्यो सेयर बजार, नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ८८ अंकले घटेर २६७५ दशमलव ५१ को विन्दुमा पुगेको छ । बुधबार ३२० कम्पनीका ५५ हजार २ सय ३८ पटकको कारोबारमा १ करोड १६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Nov 6, 2024 - 09:39
 0
सामान्य अंकले घट्यो सेयर बजार, नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ८८ अंकले घटेर २६७५ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

बुधबार ३२० कम्पनीका ५५ हजार २ सय ३८ पटकको कारोबारमा १ करोड १६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटाको बढ्दा अन्य राताम्मे छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register