संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने कार्यक्रम तय गरेका छन् । आगामी संसदको अधिवेशनमा बिजनेसको अभाव हुन नदिनका लागि सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका सचेतकहरूलाई छलफलमा आमन्त्रित गरेका हुन् । यो छलफल  बिहान साढे ११ बजे हुने अपेक्षा गरिएको छ । सभामुख […]

Oct 22, 2024 - 04:43
 0
संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने कार्यक्रम तय गरेका छन् । आगामी संसदको अधिवेशनमा बिजनेसको अभाव हुन नदिनका लागि सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका सचेतकहरूलाई छलफलमा आमन्त्रित गरेका हुन् ।

यो छलफल  बिहान साढे ११ बजे हुने अपेक्षा गरिएको छ ।

सभामुख घिमिरेले छलफलमा निमन्त्रणा गरेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति समावेश छन् ।

यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई पनि छलफलमा बोलाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register