सहकारी छानबिन विशेष समितिका कानुनी सुझाव कार्यान्वयन गर्न कार्यदल गठन

काठमाडौं ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले औंल्याएका कानुनी सुझाव कार्यान्वयन गर्न एक कार्यदल गठन गरिएको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बुधबार एक कार्यदल गठन गरिएको हो ।  उक्त कार्यदलमा अर्थ मन्त्रालयका वित्तीय महाशाखा हेर्ने सहसचिव, राष्ट्र बैंक सुपरिर्वेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक, सहकारी […]

Nov 6, 2024 - 13:27
 0
सहकारी छानबिन विशेष समितिका कानुनी सुझाव कार्यान्वयन गर्न कार्यदल गठन

काठमाडौं ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले औंल्याएका कानुनी सुझाव कार्यान्वयन गर्न एक कार्यदल गठन गरिएको छ ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बुधबार एक कार्यदल गठन गरिएको हो ।  उक्त कार्यदलमा अर्थ मन्त्रालयका वित्तीय महाशाखा हेर्ने सहसचिव, राष्ट्र बैंक सुपरिर्वेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक, सहकारी विभागका रजिष्ट्रार सदस्य रहेका छन् । यस्तै  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव नमराज घिमिरे कार्यदलको सदस्य सचिव रहेका छन् ।

कार्यदललाई ३० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कानुनी सुधारको मस्यौदा सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले विशेष छानबिन समितिका सुझावहरु कार्यान्वयन गर्ने, सहकारी नियमनका लागि छुट्टै नियामक निकाय गठन गर्ने, सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register