‘दिव्य दृष्टि’ पुस्तककाे साेन्दर्य र टर्राे अन्तर्कथा !

नकुल काजीसाहित्यमा समाजकाे अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्याे सुन्दर हाेस् वा असुन्दर । याे स्थापित परम्परागत विश्व-मान्यतामाथि अहिले ‘आधुनिकता’-काे प्रकाेप  क्रमशः बढ्दै गएकाे छ । यसलाई के भनेर बाेधगम्य व्याख्या गर्ने भन्ने विषय पनि  अक्करिलाे बनी भिमलाउँदै गएकाे अवस्था छ अहिले । किनभने, ‘मान्छेकाे विचार अन्तर्राष्ट्रिय’ हुँदै गएकाे सेराेफेराेमा नेपाल चाहिँ त्यसबाट अछुताे रहने [...] The post ‘दिव्य दृष्टि’ पुस्तककाे साेन्दर्य र टर्राे अन्तर्कथा ! appeared first on Jhapa Online.

Nov 7, 2024 - 04:04
 0
‘दिव्य दृष्टि’ पुस्तककाे साेन्दर्य र टर्राे अन्तर्कथा !

नकुल काजी
साहित्यमा समाजकाे अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्याे सुन्दर हाेस् वा असुन्दर । याे स्थापित परम्परागत विश्व-मान्यतामाथि अहिले ‘आधुनिकता’-काे प्रकाेप  क्रमशः बढ्दै गएकाे छ । यसलाई के भनेर बाेधगम्य व्याख्या गर्ने भन्ने विषय पनि  अक्करिलाे बनी भिमलाउँदै गएकाे अवस्था छ अहिले । किनभने, ‘मान्छेकाे विचार अन्तर्राष्ट्रिय’ हुँदै गएकाे सेराेफेराेमा नेपाल चाहिँ त्यसबाट अछुताे रहने कुरै भएन । अतः माया-प्रीतिका  गाथा सम्माेहक हुनु मानव-मनाेविज्ञानकाे एउटा यथार्थ त हुँदै हाे नै । अहिलेकाे राजनीतिक परिवेशद्वारा परिवेष्टित समाजकाे रुचिले धनी र गरीबकाे वैभिन्न्यका फलाकाेले भरिभराउ लेखनलाई ‘साहित्य’ मान्ने एकथरि चलन छ । अथवा, शाेषक र शाेषितका भावनात्मक र भाैतिक द्वन्द्वका कथा-व्यथा इत्यादिलाई नै अधिकतर  ‘साहित्य’-काे परिभाषामा काेच्ने गरिँदैछ । समाजलाई शिष्ट र सभ्य जीवनकाे बाटाे देखाउने किसिमकाे साहित्य उत्सर्जित हुनुपर्छ भन्ने भावभूमिमाथि उभिएकाे  साहित्यिक कृतितर्फ पाठक-समाजकाे प्रेरणाप्रद खायस हुन कम हुँदै गएकाले त्यतातिर त्यस्ताे भावमार्गी  कलमकर्मीहरूका उत्साह पनि टाक्सिँदै गएका छन् । यसरी ‘साहित्य’ समग्रमा पुस्तककाे शाेभा मात्रमा सीमित हुने दिशातर्फ अग्रसर भइरहेकाे भान हुन्छ ।

अत्यन्तै घातक स्वरूपमा फैलिरहेकाे लागू पदार्थकाे प्रयाेगबाट ‘देशका भावी  कर्णधार’ कलिला किशार-किशाेरी, युवा-युवतीदेखि वयस्कहरू समेतलाई कसरी गाँज्दै लगेकाे छ भन्ने यथार्थ सबैका सामू नाङ्गाे छ । यसकाे नालीबेलीसहित याे समस्याकाे निदान र समाधानका विश्वस्त उपायहरू समेटिएकाे पुस्तक ‘दिव्य दृष्टि’ प्रकाशमा आएकाे छ । लागू पदार्थ र लागू ओैषधकाे व्यसन विरुद्धकाे अभियानमा विगत दुई दशकदेखिका परिचित र  सक्रिय अभियन्ता इन्द्रप्रसाद ओलीकाे साे पुस्तक गएकाे अशाेज १९ गते एक भव्य समाराेहमा लाेकार्पण पनि भइसकेकाे छ । तर, झापाका एकाधबाहेक अधिकांश अखबारहरू र श्रव्य एवम् श्रव्यदृश्य सूचना  माध्यमहरूले उक्त पुस्तककाे समाज-सम्पृक्त ओजन बारे थाहा पाएर पनि केही भन्ने सदाशयसम्म पनि राखेकाे पाइएन । पुस्तक लाेकार्पण भएकाे भाेलि र पर्सिसम्मका सूचना माध्यमहरूले कुनै-कुनै सहकारीमा बचतकर्ता पुरस्कृत भएका  वा प्रहरीले अपराधका अभियुक्त पक्रेका समाचारहरू आफ्ना पन्ना र समयमा अँटाएका देखिए । तर,   झापाकै र झापालाई गाैरवान्वित तुल्याउने समाज सुधारलक्षित अभियानका  चिन्हित अभियन्ताकाे ठूलाे खाेज-अनुसन्धान, तथ्याङ्क संकलन, सरकारी अभिलेखहरूकाे उजागर र अनुभवकाे घाेलनबाट उत्पादित पुस्तक प्रकाशन अँटेन । वस्तुतः यसाे हुनु सूचनासेवा (पत्रकारिता)-काे सारभूत सिद्धान्त अनुकूल थियाे वा थिएन – आत्मालाेचनाकाे विशेष  विषय त हुँदै हाे ।

सरकारले पटक-पटक बनाएका ऐन, निर्देशिका, कार्यविधिहरू, अनेक खर्च भुटेर संकलित तथ्याङ्कहरू मन्त्रालय र विभागीय फाइलहरूमा काेचेर राखेकाे पाेल याे पुस्तकले खाेलेकाे छ । अझ थप उदेकलाग्ने  विषयकाे याे पुस्तकले फाेटाेकपी नै यस्ताे प्रस्तुत गरेकाे छ :-            ” नेपाल सरकार, गृह मन्त्रालयकाे मिति २०७६/०१/ २९ काे निर्णयानुसार  नयाँ शासकीय संरचना  अनुरूप समुदायस्तरदेखि नै स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सबै  तहका सरकारबाट लागु  ओैषध राेकथाम र नियन्त्रण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सबै स्थानीय तहहरूलाई आ-आफ्नाे जिम्मेवारी अनुरूप संघीय र प्रादेशिक नीति तथा कानूनसँग तादात्म्य मिलाई प्राथमिकताका साथ अभियानकाे रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न मन्त्रालय मार्फत सबै स्थानीय तहमा परिपत्र गर्ने  निर्णय भएकाे व्यहाेरा अनुराेध छ । स्वीकृत ‘लागु ओैषधकाे नियन्त्रण र राेकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन २०७६” यसैसाथ संलग्न राखी पठाइएकाे छ । याे मार्गदर्शन अनुरूप लागू ओैषध राेकथाम तथा नियन्त्रण सम्बन्धमा सबै स्थानीय तहहरूलाई वा आफ्नाे नीति, याेजना, कार्यक्रम र बजेट समन्वयात्मक रूपमा  निराेधत्मक तथा प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिदिने व्यवस्थाकाे लागि निर्णयानुसार अनुराेध छ ।”

उपर्युक्त परिपत्रकाे पुछारमा देशका सबै जिल्ला प्रशासनलाई “मार्गदर्शन  कार्यान्वयन गर्नका लागि निरन्तर रूपका स्थानीय तहहरूसँग समन्वय  गर्ने ” आदेशका साथ बाेधार्थ पनि दिइएकाे  छ ।

उल्लिखित परिपत्र उक्त निर्णय भएकाे दुई दिनपछि अर्थात्   २०७६ /०१/३१ गते मन्त्रालयमा टाइप गरेर  शाखा अधिकृत सुजता खत्रीकाे दस्तखत र च.नं. ७५४ धस्काएपछि आज पाँच वर्ष हुनलाग्दासम्म कतै नपठाई  फाइलकाे काेक्राेमा हालेर  सिंहदरवारकाे वातानुकूल काेठामा सुताइराखेकाे अवस्थामा फेला पारेर याे पुस्तक ( ‘दिव्य दृष्टि’)-मा ब्यूँझाइएकाे पाइन्छ । अतः  देशकाे शान्ति-सुरक्षाकाे उपल्लाे जिम्मेवार मन्त्रालयभित्रै यस्ताे अन्यथा अर्थ लागेर डुङ्ग गन्हाउने गेजु हुन्छ भने लागू पदार्थका व्यापारी- साहूहरू किन नपन्पाउन् भन्ने अवधारणा  लेखकबाट प्रस्फुटित  भएकाे हुनसक्छ ।  यस्ता कडा-नरम दुई दर्जन सरकारी छलछामका पाेल याे पुस्तकले खाेलेकाे छ । अन्तर्राष्ट्रिय जगतलाई नै उद्विग्न र भयभीत तुल्याइरहेकाे लागु पदार्थ दुर्व्यसनकाे डरलाग्दाे डढेलाेले देशका नयाँ पिँढिलाई विनाशतिर धकेलिरहेकाे देखी-देखी राज्य- दायित्वकाे माथिल्लाे  निर्वहन तहमै यस्ता-यस्ता  चाैपट्टै भद्दा क्रियाकलापका  तस्वीर सप्रमाण याे पुस्तकले  काला अक्षरले आँकेकाे छ । याे लगभग २ कराेड ९३ लाख कुल जनसंख्या भएकाे मुलुकका लगभग ८० लाख ऊर्जावान युवा-वयस्कहरू विदेशिइसकेका छन् । यहाँ रहेका किशाेर-नवयुवाहरूलाई याे भूसकाे आगाेरूपी कुलतले  घेर्ने समस्यालाई बेराेक छाेडिदिने हाे भने देश याे दशक पार नगर्दै  कि त ‘नमरी बाँचेका’-हरूकाे बृद्धाश्रम बन्नेछ नत्र देश अन्तर्राष्ट्रिय सीमारेखाभित्रकाे माटाे मात्रमा सीमित हुनेछ । देशकाे परिभाषामा सम्पृक्त सबै अवयवहरू अर्थहीन हुनेछन् । लागु पदार्थकाे दुर्व्यसन विरुद्ध अथक अभियन्ता इन्द्रप्रसाद ओलीकाे याे पाँचाै पुस्तकाकार कृति ‘दिव्य दृष्टि’-ले यही सन्देश हाम्राे समाजमाथि प्रक्षेपण गरेकाे बुझिनु पर्दछ । त्यसैले यसलाई  “सबैले पढ्नैपर्ने पुस्तक” भनिएकाे हाे ।

The post ‘दिव्य दृष्टि’ पुस्तककाे साेन्दर्य र टर्राे अन्तर्कथा ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register