बजारको माग अनुसार सीपमूलक तालिम दिने श्रमिक शान्ति क्याम्पसको तयारी

 ललितपुर । श्रमिक शान्ति क्याम्पस च्यासल ललितपुरले बजारको माग र आवश्यकता अनुसार विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै सीपमूलक तालिम प्रदान गर्ने तयारी गरिरहेको छ । पढाइलाई दक्ष जनशक्ति उत्पादनसंग जोड्ने लक्ष्यले सो तयारी भइरहेको बिहीबार आयोजित क्याम्पसको चौथो वार्षिक साधारणसभामा सो को जानकारी गराइएको हो। सभामा क्याम्पसका प्रिन्सिपल रोशन मैनालीले सो क्याम्पसमा हाल बीबीएस र एमबीबीएस विषयमा पढाई […]

Nov 7, 2024 - 07:44
 0
बजारको माग अनुसार सीपमूलक तालिम दिने श्रमिक शान्ति क्याम्पसको तयारी

 ललितपुर ।

श्रमिक शान्ति क्याम्पस च्यासल ललितपुरले बजारको माग र आवश्यकता अनुसार विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै सीपमूलक तालिम प्रदान गर्ने तयारी गरिरहेको छ ।

पढाइलाई दक्ष जनशक्ति उत्पादनसंग जोड्ने लक्ष्यले सो तयारी भइरहेको बिहीबार आयोजित क्याम्पसको चौथो वार्षिक साधारणसभामा सो को जानकारी गराइएको हो।

सभामा क्याम्पसका प्रिन्सिपल रोशन मैनालीले सो क्याम्पसमा हाल बीबीएस र एमबीबीएस विषयमा पढाई भइरहेको उल्लेख गर्दै विद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार दक्ष तुल्याउन विभिन्न तालिमहरु दिने गृहकार्य भइरहेको जानकारी दिए। सो का लागि विभिन्न वित्तीय संस्था, तालिम दिने संस्थाहरुबीच चरणबद्ध छलफल भइरहेको पनि उनले बताए। बजारमा रोजगारी पाउनको लागि विद्यार्थीलाई अहिले पढाईसंगै क्षेत्रको प्रकृति अनुरुप सीप पनि चाहिएको प्रिन्सिपल मैनालीको भनाई रहेको छ ।

सो अवसरमा प्रा.डा विजयगोपाल श्रेष्ठले क्याम्पसको प्रतिष्ठा र छविलाई व्यापक बनाउँदै विद्यार्थीहरुलाई तालिम दिने संस्थाहरुबीच समन्वय, क्याम्पसको आयामहरु बढाउँदै गुणस्तरीय र प्रतिस्पर्धा गर्न सकिने शिक्षा दिनुपर्नेमा जोड दिए।

सभामा प्रा.डा माधवप्रसाद दाहालले क्याम्पसमा विद्यार्थीहरुको आकर्षण बढाउन कीर्तिपुर पुस्तकालयसंग समन्वय गरी डिजिटलबाट त्यहाँका पुस्तकहरु पढ्ने र विभिन्न वित्तीय संस्थासंग समन्वय गरी उनीहरुको आवश्यकता अनुसार दक्ष जनशक्ति पठाउन सकिने धारणा राखे ।

सो अवसरमा क्याम्पसको व्यवस्थापन प्रमुख हरिकृष्ण व्यञ्जनकारले सामुदायिक विद्यालयलाई प्रवर्धन गर्ने नीति र योजना ललितपुर महानगरपालिकाले ल्याउनुपर्ने बताए। सामुदायिक विद्यालय तथा क्याम्पसलाई प्रवर्धन गर्ने हेतुले वर्षेनी अनुदान दिइने व्यवस्था गर्नुपर्ने पनि व्यञ्जनकारको भनाई रहेको छ ।

प्राध्यापक राजमान श्रेष्ठले सामुदायिक विद्यालय तथा क्याम्पसको व्यवस्थापन तथा सञ्चालनमा संघप्रदेशसंगै स्थानीय तह बढी जिम्मेवार हुनुपर्ने  बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register