लेखा समिति सभापतिकी पत्नीको नाम जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले नेपाल भ्युजलाई जानकारी दिए । यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा […]

Nov 8, 2024 - 05:15
 0
लेखा समिति सभापतिकी पत्नीको नाम जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङ जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले नेपाल भ्युजलाई जानकारी दिए ।

यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छिन् ।

कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनकले सहकारीबाट राजीनामा दिएकी थिइन् ।

पक्राउ पुर्जी जारी हुनेको नाम भने डीएसपी जोशीले खुलाउन चाहेनन् । ‘१० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उहाँहरूको नाम अहिले नै सार्वजनिक गर्दा गिरफ्तारीमा समस्या हुन सक्छ,’ उनले भने ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिएको छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत रकम २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register